गृहपृष्ठ २८ वर्षपछि इन्जिनियरिङ अध्ययन शुल्क बढाउने आईओईको तयारी
२८ वर्षपछि इन्जिनियरिङ अध्ययन शुल्क बढाउने आईओईको तयारी
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शुल्क बढाउने तयारी गरेको छ । संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले २८ वर्षदेखि इन्जिनियरिङका लागि तोकिएको शुल्क परिवर्तन नभएकोले अहिले परिवर्तन गर्ने तयारी भएको बताए ।
आईओईमा २०५२ सालमा कुल शुल्क तोकिएको थियो ।त्यसमा परिवर्तन गर्न खोजिएको हो ।
शुल्क समायोजनको लागि सिफारिस समिति बनाएको र समितिले केन्द्रीय क्याम्पसका ५ वटै आंगिक क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गरेर कार्यन्वयन समितिमा पठाएको छ ।
२०५२ सालमा २ लाख ८० हजार र धरौटी ३५ हजार गरेर ३ लाख १५ हजार शुल्क रहेको छ । तर, पछिल्लो समय नयाँ शैक्षिक कार्यक्रमहरु एरो स्पेश इन्जिनियरिङ र केमिकल इन्जिनियरिङमा भने फरक शुल्क रहेको र त्यस बाहेकको कार्यक्रममा २०५२ सालदेखिको शुल्क कायम रहेको डीन जोशीको भनाइ छ ।
प्रकाशित समय : ०७:४० बजे


















