काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

6.01K
shares

कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयर समूहको दुई लाख ४० हजार १०१ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीका शेयरधनी बसन्त कुमार चौधरीले दुई लाख २३ हजार २७१ कित्ता र राजु बहादुर श्रेष्ठले १६ हजार ८३० कित्ता बिक्रीका लागि आवेदन दिए बमोजिम बैंकको संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं १ नक्साल र बैंकको प्रधान कार्यालय टंगाल २ मा आवेदन दिन सकिनेछ ।

बैंकले तोकिएको अवधि भित्र शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।