काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

6.93K
shares

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदैछ । साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनको जिम्मा पाँच नेताले पाएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिइएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले उनीहरुलाई जिम्मेवारी दिएपनि नेताहरुबीच अझै गलफत्ती चलिरहेको छ । मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरि पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको विषय समते सार्वजनिक भएको छ।

पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पारित गर्नेछ । काँग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन ।

महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन ।