घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० साउन ८ सोमवार ११:५९
shares

सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँ कायम भएको छ ।

























