काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुन तस्करी प्रकरण : सुचना दिने सुराकीले पाउँछन् १० करोड

5.27K
shares

एक अर्ब सुन बरामद गर्दा सुन तस्करी भएको सूचना दिने सुराकीले मात्रै १० करोड रुपैयाँभन्दा बढी पाउँछन् । राजस्व अनुसन्धान विभागका अनुसार बरामद सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबरको भए सुराकीले १० करोड रुपैयाँ पाउँछन्।

यस्तै सुनको मूल्य १ अर्ब रुपैयाँभन्दा बढी भएमा सुराकीले १० करोडभन्दा धेरै रकम पाउँछन् ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके
योभन्दा पहिला जति धेरै सुन बरामद भएपनि १० लाख रुपैयाँभन्दा बढी सुराकी वापत रकम नपाउने व्यवस्था थियो।

तर, चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत १० लाखको दायरा हटाउँदै जति बरामद हुन्छ त्यसको १० प्रतिशत कमिसन पाउने व्यवस्था गरिएको छ।

जसअनुसार अहिले बरामद भएको सुनको बजार मूल्य १ अर्ब रुपैयाँ बराबर भएको अवस्थामा सुराकीले १० करोड रुपैयाँ पाउने भएका छन्।

उक्त रकमको लोभले नै सुराकीले राजश्व अनुसन्धान विभागलाई सूचना दिएकाले सुन बरामद भएको हो।