सुनको मूल्यमा नयाँ रेकर्ड, कति पर्छ प्रतितोला ?
वि.सं.२०८० साउन ४ बिहीवार १२:२६
shares

सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर १ लाख १३ हजार ५०० रुपैयाँ कायम भएको छ । यो आलसम्मकै उच्च हो । यसअघि गत जेठ १८ मा सुनको मूल्य सर्वाधिक कायम भएको थियो ।
उक्त दिन सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसको करीब डेढ महीनापछि आज सुनको भाउमा रेकर्ड कायम भएको हो । बुधवार भने सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार ४९५ रुपैयाँ कायम भएको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

























