काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

व्यवसायीलाई ‘हर्ष न विस्मात’ अर्थमन्त्रालय भन्छ ‘झारा टार्न खोजियो’

14.28K
shares

वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स संघको निर्णयअनुसार आगामी साउन महिनाका लागि वाणिज्य बैंकहरुले आ–आफ्नो अनुकल ब्याजर निर्धारण गरेका छन् ।

साउन महिनाका लागि केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केहीले घटाएर प्रकाशन गरेका छन् । साउन महिनाका लागि बैंकहरुले औसत ब्याजदर ९.७२ प्रतिशत कायम गरेका छन् ।

आइतबार सार्वजनिक गरेका धेरैजसो वाणिज्य बैंकहरुले घटाएर मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् भने केहीले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

तर, बैंकले निर्धारण गरेको ब्याजदरले आर्थिक तरलता अन्त्य गर्न नसक्ने अर्थमन्त्रालयले औंल्याएको छ । अर्थमन्त्रालयले भने, मुद्दति निक्षेप ब्याजदरका विषयमा अध्ययन गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

अर्थमन्त्रालयका कर्मचारीका अनुसार बैंकहरुले मुद्दति निक्षेप ब्याजदर झारा टार्ने खोजेजस्तो मात्र गरेको भएको छ । आर्थिक संकटका समयमा मुद्दति निक्षेप ब्याजदार बैंकहरुले झारा टार्ने मात्र खोजेको राष्ट्र बैंकका एक कर्मचारीले जानकारी दिए । बैंकहरुले मुद्दति निक्षेप ब्याजदरले अहिलेको आर्थिक तरलता नटार्ने उनको भनाइ छ ।

मुद्दति निक्षेपतर्फ सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, कुमारी बैंक, कृषि विकास बैंक र प्रभु बैंकले ब्याजदर घटाएका छन् । जसअनुसार सिद्धार्थ व्यक्तिगततर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै, बैंकहरुले प्रकाशन गरेको ब्याजदर अनुसार सबैभन्दा धेरे एनएमबि बैंकको छ । बैंकले मुद्दति निक्षेपमा १०.९८ प्रतिशतसम्म ब्याजदर दिने भएको हो । यद्यपि, यो भने १० वर्षभन्दा माथि अवधिको मुद्दति निक्षेपको ब्याजदर हो । सो अवधि भन्दा तलको निक्षेपमा भने बैंकले ९.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.९३ प्रतिशत ब्याजदर दिने भएको छ । तेस्रो स्थानमा रहेको नबिल बैंकले भने १०.४९ प्रतिशत ब्याजदर तोकेको छ । तर, सबैभनदा कम स्ट्याण्डर्ड चार्टर्डको छ । बैंकले मुद्दति निक्षेपमा ८.९५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, कुमारी बैंकले १०.०१ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरि हिमालयन बैंक, ग्लोबल आइएमई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेमा एउटै ब्याजदर अर्थात ९.९९ प्रतिशत तोकेका छन् ।

साथै, कृषि विकास बैंकले ९.५१ प्रतिशत, सिद्धार्थ बैंकले ९.५० प्रतिशत, प्रभुले ९.५० प्रतिशत र एभरेष्ट बैंकले १० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
आगामी साउनमा सानिमा बैंकले मुद्दति निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, नेपाल एसबिआईले ९.१० प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८.९९ प्रतिशत, नेपाल बैंकले ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।

वाणिज्य बैंकहरुले नयाँ ब्याजदर लागू गरेका छन् । यो सकारात्मक भएपनि प्रतिक्रिया आउन बाँकी रहेको राष्ट्र बैकका डा. गुणाकर भट्टले जानकारी दिए ।

नयाँ ब्याजदरको प्रभाव कस्तो पर्छ । यसमा भर पर्ने उहाँको बताउनुहुन्छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । नयाँ ब्याजदरले कर्जा प्रवाहमा फाइदा हुने उनको भनाइ छ ।

ऋणमा आकर्षण

बैंकहरुमा अधिक तरलता भएपछि नयाँ ब्याजदरमा नै राष्ट्र बैंकमा पैसा राख्न बैंकहरु इच्छुक भएका थिए । हाल कर्जा प्रवाह नभएपनि ऋण आकर्षण गर्ने नयाँ ब्याजदर तोकेको बैंकमाथि नीजि व्यवसायीहरुले आरोप समेत लगाएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले असार महिनामा भने बैंकहरुले व्यक्तिलगत मुद्दति निक्षेपमा १.९९ प्रतिशत र संस्थागत मुद्दति तर्फ ७.९९९ प्रतिशत ब्याजदर तोकेका थिए । यस्तै, बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्ने अनुमान गरिएको थियो । तर त्यस्तो नभएको व्यवसायीहरुले जानकारी दिए ।

बैंकहरुले बेस रेट (आधार दर) को आधारमा कर्जाको ब्याजदर शून्य दशमलव २ प्रतिशतदेखि शून्य दशमलव २४ प्रतिशतसम्म घटाएका थिए । राष्ट्र बैंकले २० अर्ब तान्न खोज्दा बैंकहरुले ५३ अर्ब रुपैयाँ जम्मा गर्ने आवेदन दिएका थिए ।

रिपोमा बैंकहरुले ५३ अर्ब ५० करोड रुपैयाँको लागि आवेदन दिएका हुन् । भने, रिपोमा औषत ब्याजदर नै २.५४०९ प्रतिशत कायम भएको केन्द्रिय बैंकले जनाएको छ ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै उक्त कुरा उल्लेख गरेको छ । सोहि अनुसार केन्द्रिय बैंकले बजारबाट तरलता तान्न खोजेको थियो । अहिले एक बैंकले अर्को बैंकसँग लिने सापटी अर्थात अन्तरबैंक सापटीको ब्याजदर १ प्रतिशतमा झरेको छ ।