काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुर–जयनगर रेल थप विस्तार उद्घाटन (फोटोफिचर)

7.16K
shares

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म चलेको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् । रेल शुभारम्भपछि भंगहा विजलपुरा स्टेशनबाट जयनगरका लागि गुडने छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आइतबार भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालित रेल सेवाको हरियो झण्डा हल्लाएर शुभारम्भ गर्दै ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुने छ ।

बिजलपुरा स्टेसनमा आइपुगेको रेल हेर्न सर्वसाधारण भीड ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि संचालनमा आएको थियो ।