काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

5.44K
shares

प्रभु बैंक लिमिटेडले कुल ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

बैंकले असार २९ गते सूचना जारी गर्दै १ लाख ६८ हजार ३९९ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र \ ४ लाख ११ हजार ४३९ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्री खुला गरेको जानकारी दिएको हो ।

बैंकले सर्वसाधारणले खरीद गर्न पाउने गरी जारी गरेको उल्लेखित शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि समेत विक्री खुला गरेको थियो ।

सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूमा वितरण हुन नसकेकाले अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरिएको हो । सर्वसाधारणमा जारी भएको शेयर खरीदका लागि आगामी १५ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गरिएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।