गृहपृष्ठ सरकार र बैंकको अत्याचार : अर्बौं लगानी डुब्दापनि सरकार मौन बसेको व्यवसायी प्रसाईको आरोप

सरकार र बैंकको अत्याचार : अर्बौं लगानी डुब्दापनि सरकार मौन बसेको व्यवसायी प्रसाईको आरोप

सरकार र बैंकको अत्याचार : अर्बौं लगानी डुब्दापनि सरकार मौन बसेको व्यवसायी प्रसाईको आरोप

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकार र बैंकका कारण व्यवसाय गर्न अप्ठयारो परेको बताएका छन् ।

उनले सरकार र राष्ट्र बैंकले ५५ जना व्यवसायीका पक्षमा जथाभावी गरेको तर आफूले पवित्र मनले सेवा गर्छु भन्दा अनेक दुःख दिएको आरोप लगाएका हुन् ।

विगत केही वर्षयता सरकारभित्र एउटा समूह र बैकले मिलेर आफूलाई अप्ठ्यारोमा पार्न अनेक प्रयास गरेको आरोप उनले लगाए ।

सरकार, राजनीतिक दल, बैंक सबै मिलेर मलाई अप्ठ्यारोमा पार्न, समस्यामा पार्न अनेक गरिरहेको उनले बताए । ‘बैंकले सम्झौताभन्दा बाहिर गएर मनपरी गरिरहेको आरोप छ । बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पनि पटक पटक बोली फेरेका कारण आाफनो अबौंै लगानीमा खतरामा परेको छ ।’ उनले भने, सरकारलाई यसको कुनै अर्थ छैन, त्यसैले हेर्नुहोला, यो व्यवस्था फेल हुन्छ, देशमा नयाँ व्यवस्था आउँछ । स्वास्नी, छोरोछोरी रुवाउँदै विदेश जान कसलाई मत हुन्छ तर यहाँ गरिखाने वातावरण नै छैन, अनि को बसोस्, ज्यान जोखिममा राखेर भएपछि विदेश जान्छन् ।’

कुमारी बैंक कानुन विपरित

कुमारी बैंकले धितो बन्धक राखिसकेपछि अनेक बहाना बनाएर सम्झौताबराबरको कर्जा निकासा नगर्दा समस्या भएको दुर्गा प्रसाईले जानकारी दिए ।

कुमारी बैंकको नेतृत्वमा ५ वटा बैंकले सहवित्तीयकरण गर्ने सम्झौताअनुसार पैसा नदिएको भनाइ छ । कुमारी बैंक र ग्लोबल आईएमई बैंकबाट सबैभन्दा ठूलो बदमासी भएको उनले बताए । ‘सन् २०३२ सम्मका लागि भनेर लिएको कर्जा मैले २०२३ मै किन र कसरी फिर्ता गर्ने भनेर म अदालत गएको हुँ । ममाथि त्यसरी अन्याय गर्दा पनि मैले दुई पटक खुरुखुरु ब्याज तिरेँ, अहिले बाँकी ३२ करोड रुपैयाँ पनि दिएको छैन, उल्टै कर्जा फिर्ता गर भनिरहेको छ ।’ उनले थपे, ‘विस्तारै सबै बैंकर र सञ्चालकको भेद खुल्दै जाने र आफूले पनि खोल्दै जाने छ । बैंकले आफूलाई शोषण गरेको र ठगेको छ । बैंकसँगको सम्झौतामै एमबीबीएसको पहिलो ब्याच भर्ना भएपछि साँवाब्याज भुक्तानी गर्न थाल्ने उल्लेख छ,’ प्रसाईंले भने, ‘तर ममाथि अनेक खालका दबाब सिर्जना गरेर ७० करोड तिर्न बाध्य पारियो ।’

मैले गरिबको कर्जा मिनाहा गरौं मात्र भनेको हुँ । मलाई आफ्नो मिनाहा गर्नुस् पनि भनेको छैन, तिर्दिन पनि भनेको छैन, निरन्तर तिरिरहेको उनको भनाइ छ ।

कलेज नै सञ्चालन गर्न नपाएपछि कसरी पैसाको जोहो हुने र कसरी साँबाब्याज भुक्तानी गर्न सक्ने भन्ने विषयमा बैंकहरुले पनि सोच्नुपर्ने र सम्झौताको पालना गर्नुपर्ने दुर्गा प्रसाईंले मात्र नभएर बैंकले पनि गर्नुपर्ने उनले जानकारी दिए ।

कुमारी बैंकबाट सम्झौताअनुसार कर्जा नपाएको भन्दै प्रसाईंले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका छन् । उनको मुद्दा उच्च अदालत विराटनगरको इलाम इजलासमा विचाराधीन छ ।

कुमारी बैंकले भने सम्झौता उल्लंघन गरेर निकासा गर्नुपर्ने कर्जा पनि निकासा नगरेको र महिनौंदेखि झुलाएकाले अदालत जानुपरेको र धितोबन्धक गरिसकेपछि पनि कर्जा निकासा नगरेको र कर्जा निकासा नगर्ने भए धितो फुकुवा माग गर्दा पनि नगरेको जानकारी दिए ।

सरकारले २०६८ माघ २३ मा मनसाय पत्र (एलओआई) दिएपछि बैंकले कर्जा दिएको र त्यही पैसाले आफूले अस्पतालको संरचना बनाइसकेपछि सञ्चालन अनुमति नदिनुचाहिँ बेइमानी भएको प्रसाईंले उनको आरोप छ । सरकारले पनि आफूमाथि ठूलो अन्याय गरेको र यो विषयमा सर्वसाधारणले बुझन थालेको उनले बताए ।

शिक्षा मन्त्रालयले एलओआई दिएपछि राखेका सर्तहरुअनुसार सबै काम सकेँ पनि सञ्चालन गर्न नपाएको उनले जानकारी दिए । सर्तअनुसार गुरुयोजना बनाएँ । भवन संरचना बनाएँ, ईआईए पेस गरेँ, ३ सय शय्याको अस्पताल सञ्चालन सुरु भयो । त्यसपछि ममाथि राजनीति सुरु उनको गुनासो छ ।

सरकारले यो सबै सम्पत्ति आफ्नो बनाओस् तर अस्पताल चल्नुपर्छ, यहाँबाट डाक्टर उत्पादन हुनुपर्छ, वार्षिक ३ सय जना डाक्टर उत्पादन हुँदा १० प्रतिशतका दरले ३० जना गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ । योभन्दा बढी मेरो उद्देश्य नभएको उनको भनाइ छ ।

सबै निकायले अनुमति दिइसक्दा पनि राष्ट्रिय चिकित्सा आयोगबाट सञ्चालन अनुमति नपाएका कारण आफ्नो २०–२५ करोड रुपैयाँका उपकरणसमेत काम नलाग्ने भएको उनले जानकारी दिए ।

माडवारी समुदायका व्यापारीले नेपालको ३२ खर्ब पैसा दुबई र सिंगापुर पुर्‍याएको प्रमाण आफूसँग रहेको उनले खुलासा गरे । र, अब चाँडै केही ठूला व्यापारी नै जेल जाने पनि उनको दाबी छ ।

यस्तै, कृषि कर्जा केही सीमित घरानाका व्यवसायीले लिएकै कारण दैनिक २ हजारभन्दा बढी युवा रोजगारीका लागि बिदेसिन बाध्य भएको उनको भनाइ छ ।

खास किसानले कृषि कर्जा पाउने हो भने अरबको तातो घाममा ज्यान जोखिममा राखेर कोही पनि विदेश नजाने उनले ठोकुवा गरे ।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु