गृहपृष्ठ राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुँदै
राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुँदै
राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १२ः२९ बजे बैठक बोलाइएको छ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रबारको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।
त्योभन्दाअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८०’ सभा समक्ष पेस गर्नेछन् ।
प्रकाशित समय : ०९:३७ बजे


















