गृहपृष्ठ कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा सपथ ग्रहण, तीन मन्त्री नियुक्त
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा सपथ ग्रहण, तीन मन्त्री नियुक्त
कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् ।
तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो । तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेका छन्।
माओवादीले मन्त्रीको नाम नदिएपनि काँग्रेसका प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।
माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारी थियो । तर माओवादीमा विवाद चर्किएपछि रोकियो । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेका छन् ।
प्रकाशित समय : १०:२० बजे


















