गृहपृष्ठ घोराही सिमेन्टको आईपीओ पुनः खुल्यो, ३ दिनभित्र आवेदन रद्द वा सच्याउन पाइने
घोराही सिमेन्टको आईपीओ पुनः खुल्यो, ३ दिनभित्र आवेदन रद्द वा सच्याउन पाइने
यसअघि स्थगित भएको घोराही सिमेन्टको आईपीओ निस्कासन प्रक्रिया पुनः सुरु भएको छ । आज शुक्रबारदेखि यसअघि आवेदन दिइसकेका सर्वसाधारणले कित्ता संख्या थपघट गर्न वा आवेदन रद्द गर्न सक्नेछन् ।
बिक्री प्रवन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले संयूक्त सूचना जारी गर्दै आजदेखि आईपीओ प्रक्रिया पुनः सुरु भएको जनाएका हुन् । अब सर्वसाधारणले कित्ता संख्या थपघट वा आवेदन रद्द गर्नुपरेमा आफ्नो खाता भएको बैंकमा गई असार २४ गतेभित्र लिखित अनुरोध गर्न सक्ने छन् ।
यसअघि आवेदन नदिएकाहरुले पनि बैंकमार्फत वा अनलाइन प्रणाली मेरो सेयरमार्फत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि नै आवेदन दिइसकेकाले कित्ता संख्यामा परिवर्तन गर्नु नपरेको अवस्थामा सोही आवेदन स्वीकृत हुनेछ । २४ गतेसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा असार मसान्तसम्म खुला रहने सूचनामा उल्लेख छ ।
यसअघि जेठ ३२ गते यस कम्पनीको आईपीओ निस्कासन खुला भएकोमा असार ४ गते धितोपत्र बोर्डले प्रक्रिया नै स्थगित गरेको थियो ।
प्रकाशित समय : १०:५१ बजे


















