गृहपृष्ठ सातै प्रदेशमा पानी पर्ने
सातै प्रदेशमा पानी पर्ने
कम्तीमा अझै ३ दिन देशभर मौसम बदली र वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले (शुक्रबार बिहान) पनि कोशीका तराईसहित केही भूभाग, बागमती र कर्णालीका एकदुई स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।
हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको यो बुलेटिन–
प्रकाशित समय : ०९:०८ बजे


















