गृहपृष्ठ ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी, यस्ताे छ सरकारी जालाे
ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी, यस्ताे छ सरकारी जालाे
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा हिनामिना गर्दा निर्णय प्रक्रियामा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
त्यसमध्येका एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसमा जाेडिएकाे कर्मचारीदेखि नीतिगत संयन्त्र
पूर्वसचिव
दीप बस्न्यात (पछि अख्तियार प्रमुख)
छविराज पन्त (मन्त्रीसमेत भएका)
दिनेशहरि अधिकारी
सहसचिव
मुकुन्द्रप्रसाद आचार्य
रुद्रकुमार श्रेष्ठ
जितबहादुर थापा
अशोकनाथ उप्रेती
तेजराज पाण्डे
उपसचिव
पुष्पराज उपाध्याय
हुपेन्द्रमणि केसी
बालकृष्ण श्रेष्ठ (सीडीई)
सरोजराज राजकर्णिकार (सीडीई)
लक्ष्मीनारायण उप्रेती
विनोद गौतम (कानुनबाट हाल न्यायाधीश)
प्रमुख मालपोत अधिकृत
कलाधर देउजा
टीकाराम घिमिरे
दिनेशप्रसाद शर्मा
मालपोत अधिकृत
सुरेन्द्र कपाली
हरिकृष्ण तिमिल्सिना
परशुराम पोखरेल
कृष्णप्रसाद पौडेल
प्रेमबहादुर खापुङ
शाखा अधिकृत
धर्म गौतम
इन्द्र ढुंगाना
मोहम्मद साबिर हुसेन (नापी)
जनकबहादुर भण्डारी (नापी)
शंकर सुवेदी (भूमिसुधार)
कमल घिमिरे (नापी)
राजेन्द्रमान श्रेष्ठ (इन्जिनियर)
बद्रीबहादुर कार्की
नायव सुब्बा
जगत पुडासैनी
टीकाबहादुर बीसी
अर्जुन भण्डारी (समरजंग कम्पनी)
श्रीहरि पुडासैनी
प्रकाशनारायण भट्ट
टंकनाथ पौडल
अर्जुन खतिवडा
अंगुर सिग्देल
केदारप्रसाद श्रेष्ठ
देवबहादुर लामिछाने (सर्भेक्षक)
फणीन्द्र दाहाल
मणि राना
खरिदार
युक्त श्रेष्ठ
जीवनाथ पोखरेल
श्यामकुमार क्षत्री
भरत अर्याल (अमिन)
राणा परिवार
हाटकशमशेर राणा
हेमाद्रशमशेर राणा
हेमन, सुनिती र शैलजा (निधन भएको)
गुठी संस्थानबाट
हरिबोल आचार्य
रामेश्वर विडारी
सेमन्तराज चापागाईं
हेमराज सुवेदी
तुलसी पोखरेल
हरिप्रसाद जोशी
बलिरामप्रसाद तेली
दिलीपकुमार भट्ट
नवराज पौडेल
शैलेन्द्र पौडेल
जयप्रसाद रेग्मी
भूमाफिया किटान गरिएका
शोभाकान्त ढकाल, पत्नी उमा र छोरी लक्ष्मी
रामकुमार सुवेदी र पत्नी माधवी
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ
रामकल्याण अधिकारी र रामनाथ घिमिरे
जग्गा लिएका
कैलाशचन्द्र गोयल
रजनी पनेरु
बाबा कार्की
अगम ढुंगाना
खेमलाल खरेल
जग्गा घूस लिएका
इन्द्रबहादुर थापा
शान्ति मल्ल
मिठुदेवी चापागाईं
सरस्वती श्रेष्ठ
निर्मला श्रेष्ठ
मोहन भट्टराई
बैकुण्ठ शर्मा
खिमादेवी आङबुहाङ
शशिकला सुब्बा
विद्या पौडेल गौतम
सोदाकुमारी चापागाईं
भुवन चापागाईं
उर्मिला शाह
मोही बनेका
हर्ष महर्जन
श्रीकृष्ण महर्जन
चमेली श्रेष्ठ
कान्छा महर्जन
देवनारायण महर्जन (उही नामको अर्को पनि)
तीर्थमाया महर्जन (उही नामको अर्को पनि)
रेना गुरुङ
बाबुराजा महर्जन
मचानानी महर्जन
ग्वाराभाइ महर्जन
द्वारिकामान महर्जन
मोहन महर्जन
सञ्जय महर्जन
सकुलानन्द महर्जन
जग्गाधनी ६५ जना
कोमाथि किन मुद्दा चलेन ?
- माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री) : मन्त्रिपरिषद्बाट २०६७ सालमा भएको निर्णयमा अख्तियार प्रवेश नगरेकाले ।
- बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री) : मन्त्रिपरिषद्बाट २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश नगरेकाले ।
- माधव घिमिरे (पूर्वमुख्यसचिव) : दिवंगत भएकाले उनको भूमिकामाथि प्रवेश भएन ।
- लीलामणि पौड्याल (पूर्वमुख्यसचिव) : मन्त्रिपरिषद्को निर्णय प्रमाणित गरी त्यसबारे मात्रै पत्राचार गरेकाले ।
- उमानाथप्रसाद ज्ञवाली (पूर्व भूमिसुधार अधिकारी) : राणा परिवारको जग्गामा मोही कायम गर्ने निर्णय गरे पनि प्रत्यक्ष रूपमा सरकारी जग्गा हानि भएको नदेखिएकाले ।
- सुधीर शाह (पूर्व निर्वाचनआयुक्त) : प्रत्यक्ष नजोडिएकाले जग्गा लिने पत्नीलाई मात्रै मुद्दा चलेको । (अहिले पक्राउ)
- गेहनाथ भण्डारी (पूर्वसहसचिव) : प्रत्यक्ष नजोडिएकाले जग्गा लिने पत्नी र सासूलाई मात्रै मुद्दा चलेको ।
- नवीन पौडेल (विष्णु पौडेलका छोरा) : जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले ‘जफत प्रयोजन’ का लागि अख्तियारले प्रतिवादी नबनाएको ।
- कुमार रेग्मी (सर्वोच्चका न्यायाधीश) : जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले ‘जफत प्रयोजन’ का लागि अख्तियारले प्रतिवादी नबनाएको ।
प्रकाशित समय : ०८:३१ बजे


















