global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बढ्यो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

बढ्यो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

बढ्यो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

बुधबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । मंगलबार पनि ४ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ पुगेको छ ।

मंगलबार पनि सुनको मूल्य वृद्धि भएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । २ दिनमा सुन प्रतितोला ६०० रूपैयाँले बढेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको पनि भाउ उकालो लागेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले महंगिएर प्रतितोला एक हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रकाशित समय : १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु