गृहपृष्ठ कोशीमा एसले एमालेसँग सहकार्य गर्नसक्ने संकेत, कांग्रेस र माओवादीले मुख्यमन्त्री कार्कीको मागे राजिनामा
कोशीमा एसले एमालेसँग सहकार्य गर्नसक्ने संकेत, कांग्रेस र माओवादीले मुख्यमन्त्री कार्कीको मागे राजिनामा
नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्रीली राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताए । मुख्यमन्त्री हिक्मत कार्कीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका विषयमा छलफलका क्रममा बोल्दै दलका नेता थापाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
कोशी प्रदेस सभाको बैठकमा उनले विश्वासको मत लिन गणितले नपुग्ने भएकाले मुख्यमन्त्री कार्कीले राजीनामा दिएर भोलि आउने सरकारलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् । उनले प्रदेशको ढोका बन्द गरेर भागेको सरकारले अत्याधेशबाट बजेट ल्याउने सरकारलाई विश्वासको मत दिनु पर्ने अवस्था पनि नरहेको बताए । यस्तै, नेकपा एकीकृत समाजवादीका सचिव तथा कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले एमालेले पेल्न छाडे आफूहरू पार्टी एकता गर्न तयार रहेको बताएका छन् ।
प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासका मत मागेपछि छलफलको क्रममा बोल्दै उनले सपनामा पनि एमालेकै भाषण गरेको देख्ने बताए । उनले एमाले छाड्दा बेहुलीले घर छाड्दाभन्दा बढी दुःख लागेको सुनाए ।
यसैगरी, नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।
राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा गठबन्धन परिवर्तन भएपछि ढिलोचाँडो प्रदेश सरकारबाट आफूहरु बाहिरिनु नै पर्ने आङ्बोले बताए । आफूले सहज वातावरण बनाएर सरकारबाट बाहिरिएको पनि उनले दाबी गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा रहेका दललाई साथ दिनु आफूहरुको कर्तव्य रहेको बताए ।
प्रकाशित समय : १७:२७ बजे


















