ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना कसरी छुटे केही घण्टामै ?
वि.सं.२०८० असार १३ बुधवार ०७:००
shares
ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।
पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको हो ।
किन छोडियो ?
बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका उनीहरुमाथि सीआईबीले कीर्ते मुद्दामा अनुसन्धान अघि बढाउन खोजेको थियो । तर सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश देखाएर पक्राउ परेकामध्ये उनीहरु रिहा भएका हुन् ।
गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो ।

























