थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने मन्त्रिपरिषद्को निर्णय
वि.सं.२०८० असार १३ बुधवार ०६:१४
shares

सरकारले देशका थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जिल्लामा ७ औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । ‘एक स्थानीय तह एक औद्योगिक ग्राम’को नीतिअनुसार सरकारले यसअघि ११३ वटा स्थानमा औद्योगिक ग्राम घोषणा गरिसकेको छ ।
यीसहित अब देशका १२० स्थानमा औद्योगिक ग्राम बन्नेछ ।

























