गृहपृष्ठ राष्ट्रियसभा बैठक सुरु, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन
राष्ट्रियसभा बैठक सुरु, प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन
राष्ट्रियसभाको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्ने कार्यसूची रहेको छ ।
महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९ राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८÷७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्नुहुने कार्यसूची छ ।
आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभासमक्ष पेस गर्ने छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा सांसद भैरवसुन्दर श्रेष्ठले मनसुन सुरु भएसँगै विभिन्न ठाउँमा बाढी, पहिराका घटना बढेको विषय उठाउँदै विपद् व्यवस्थापनका काममा सरकार गम्भीर हुनुपर्ने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा दुई देशको सीमा विवाद, इपिजी प्रतिवेदनलगायतका महत्वपूर्ण विषय नउठाइएमा उनले प्रश्न गरे ।
प्रकाशित समय : १३:५३ बजे


















