global ime bank Long Banner Ad

गृहपृष्ठ वैदेशिक लगानी : प्रतिबद्धता २९ अर्ब, आयो ६ अर्ब

वैदेशिक लगानी : प्रतिबद्धता २९ अर्ब, आयो ६ अर्ब

वैदेशिक लगानी : प्रतिबद्धता २९ अर्ब, आयो ६ अर्ब

चालु आर्थिक वर्ष साउनदेखि वैशाखसम्म २९ अर्ब ७८ करोड १ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको १० महिनासम्म भने ६ अर्ब १६ करोड २४ लाख रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ४९ करोड २६ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आउँदा १६ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ भित्रिएको थियो ।

सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ । यसकारण साउनदेखि वैशाखसम्ममा २९ अर्बको लगानी प्रतिबद्धता आएकोमा ६ अर्ब रुपैयाँ मात्र रकम भित्रियो भनेर गुनासो गरिहाल्न नमिल्ने जानकार बताउँछन् ।

लगानीको वातावरण, नीतिगत स्पष्टता, औद्योगिक वातावरण र लगानीको सुरक्षामा सुनिश्चतता नभएसम्म विदेशी लगानी आकर्षित नहुने विज्ञहरुको भनाइ छ ।

विश्वभर आर्थिक मन्दी, हाम्रा र तुलनात्मक रुपमा फाइदा हुने देशबीच विदेशी लगानी भित्र्याउन प्रतिस्पर्धा बढेकाले लगानी आउन नसकेको कतिपयको निष्कर्ष छ ।

गत आर्थिक वर्षदेखि नै प्रत्यक्ष विदेशी लगानी कम भित्रन थालेपछि सरकारले लचिलो नीति लिएको छ । चालु आर्थिक वर्षमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोडमा कायम गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत रूपमा सीमा तोकिने जनाइएको छ ।

प्रकाशित समय : ०७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु