गृहपृष्ठ भ्रष्टाचारमा तानिएका नेताको प्रतिरक्षा गर्नु हुन्न : महामन्त्री शर्मा
भ्रष्टाचारमा तानिएका नेताको प्रतिरक्षा गर्नु हुन्न : महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका काँग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने बताएका हुन् ।
नेताहरूलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरूले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उनको भनाइ थियो । महामन्त्री शर्माले राजनीतिक दलहरूले भ्रष्टाचारको आरोपमा परेका नेताहरुलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढंगले सम्बन्धित निकायलाई छानबिन गर्न दिनाले मुलुकको सुशासनका लागि महत्त्वपूर्ण कदम हुने पनि स्मरण गराए ।
प्रकाशित समय : ०६:५१ बजे



















