गृहपृष्ठ प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदन

प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदन

प्रधानन्यायाधीशको जिम्मेवारीमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदन

संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतबाट अनुमोदन गरेको छ ।

सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद् बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले कार्कीविरुद्धको उजुरीउपर सुनुवाइपश्चात आज उनीसँग सवाल जवाफ गरेको थियो ।

समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीश नियुक्त हुने संवैधानिक प्रावधान छ ।

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु