गृहपृष्ठ के एल दुगड समूहद्धारा रक्तदान कार्यक्रम सम्पन्न

के एल दुगड समूहद्धारा रक्तदान कार्यक्रम सम्पन्न

के एल दुगड समूहद्धारा रक्तदान कार्यक्रम सम्पन्न

के एल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त समुह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो।

उक्त समुह अन्तर्गत कार्यरत कर्मचारीहरु द्वारा नै रक्तदान गरिएको थियो। काठमाडौं, बिराटनगर, बिरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल ११६ कर्मचारी द्वारा रक्तदान गरी ११६ पाइन्ट रगत सन्कलन गरिएको थियो।

विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्” मा केन्द्रित रही यस समुहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो।

यस के एल दुगड समुहले, यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा व्यक्त गरेको छ।

प्रकाशित समय : १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु