गृहपृष्ठ सन्राइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

सन्राइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

सन्राइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

अधिकतम बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सन्राइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ ।

आज एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् ।

बैंकले नविनतम् सेवा सुबिधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुन्छ ।

यसै गरी कियोस्क मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन्् । चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै कियोस्क मसिनबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकले क्यास डिपोजिट मेसिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र चेक डिपोजिट कियोस्क सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ र यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।

 

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु