गृहपृष्ठ कार्कीको जवाफ – आरोप प्रमाणित भए राजीनामा दिन्छु
कार्कीको जवाफ – आरोप प्रमाणित भए राजीनामा दिन्छु
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहेको बताएका छन् ।
संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए ।
जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए ।
उनले अघि भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’
शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सवालजवाफमा कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् ।
सांसदहरूले अदालतमा भ्रष्टाचार बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, कार्कीले फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएको लगायतका प्रश्नहरूको वर्षा गरेका छन् ।
प्रकाशित समय : १०:४३ बजे



















