nmb bank

गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदको प्रश्न– जग्गा हडपेको हो ? घुस खाएको हो ?

प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदको प्रश्न– जग्गा हडपेको हो ? घुस खाएको हो ?

प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि सांसदको प्रश्न– जग्गा हडपेको हो ? घुस खाएको हो ?

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाई समितिमा सांसदहरुले प्रश्न उठाएर र्‍याखर्‍याख्ती पारेका छन् ।

शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सवालजवाफमा कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् ।

सांसदहरूले अदालतमा भ्रष्टाचार बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, कार्कीले फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएको लगायतका प्रश्नहरूको वर्षा गरेका छन् ।

सांसद देवेन्द्र दाहालले बिचौलिया नियन्त्रणका लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताउनुभएको छ, छोटो अवधिमा कसरी काम गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे ? उनले अझअघि बढ्दै ललितपुरको गोदावरीमा जग्गा हडपेको आरोप छ । के तपाईँले जग्गा हडपेको हो ? भनि प्रश्न तेर्स्याए ।

सांसद दाहालले अर्काे प्रश्न उठाए, भवन विभागले बनाउनुपर्ने भवन सर्वोच्च आफैले निर्माण गरेर आर्थिक चलखेल गरेको आरोप छ । बिचौलियामार्फत घुस खाएको आरोप छ । के तपाईँले घुस खाएको हो ?

कार्कीमाथि दाहालल बैंकिग कसुरमा परेका व्यक्तिबाट पैसा खाएकोदेखि हेर्न नमिल्ने मुद्दा आफ्नै इजलासमा ल्याएको भन्नेसम्मका आरोपमाथि प्रश्न उठाए ।

सांसद महेश कुमार बर्तौलाले प्रश्न गरे । तपाई न्यायपरिषदभित्र हुनुहुन्छ, बहालवाला न्यायाधीशले तपाईमाथि खुला रूपमा उजुरी गर्नुभएको छ, त्यस्ता न्यायाधीशलाई कारबाही गर्न सक्नुहुन्न ?

प्रस्तावित प्रधानन्यायाधीशमाथि झण्डै दर्जनबढी सांसदहरुले प्रश्न उठाएका छन् ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु