nmb bank

गृहपृष्ठ थारू इतिहासबारे काठमाडौंमा छलफल

थारू इतिहासबारे काठमाडौंमा छलफल

थारू इतिहासबारे काठमाडौंमा छलफल

तराईका आदिवासी थारू समुदायको इतिहास, पहिचान र रैथाने लोकतान्त्रिक संस्कृतिको अनुसन्धान प्रतिवेदनबारे काठमाडौंमा छलफल सुरू भएको छ ।

थारू आयोगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको इतिहास केन्द्रीय विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनबारे थारू अगुवाहरुको साथमा छलफल बहस थालेको हो ।

कार्यक्रममा थारूको इतिहासको सत्यतथ्य उजार गर्ने र भविष्यमा थारूबारे अब उठ्ने प्रश्‍नहरुको समाधान गर्ने त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्रीनारायण गौतमले बताए ।

उनका अनुसार प्रतिवेदनमा थारूको नामसम्बन्धी पहिचान, मूल सम्बन्धी पहिचान, सामाजिक पहिचान, मधेसीभन्दा फरक पहिचान, समुदाय र थारूकरण, धार्मिक तथा मूलसम्बन्धी पहिचान, लोकतान्त्रिक अभ्यास, सामाजिक लोकतन्त्र र नेतृत्व, पारिवारिक लोकतान्त्रिक र नेतृत्व र विविकतामा एकताको बारेमा उल्लेख गरिएको छ।

प्रकाशित समय : १०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु