nmb bank

गृहपृष्ठ जसपाले बोलायो केन्द्रीय समिति बैठक

जसपाले बोलायो केन्द्रीय समिति बैठक

जसपाले बोलायो केन्द्रीय समिति बैठक

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

विधान अधिवेशनको तयारी गर्न बैठक असार ९ गते बिहान १० बजेका लागि बोलाइएको हो । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने नेताहरुले जनाएका छन् ।

जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दैछ । विभिन्न समिति र संगठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुनेछन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

प्रकाशित समय : ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु