nmb bank

गृहपृष्ठ बालेनको चेतावनीपछि तरंग, फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकियो, संघको आकस्मिक बैठक

बालेनको चेतावनीपछि तरंग, फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकियो, संघको आकस्मिक बैठक

बालेनको चेतावनीपछि तरंग, फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकियो, संघको आकस्मिक बैठक

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा रहेको विषयलाई लिएर चेतावनी दिएका छन् ।

मेयर शाहले ‘आदिपुरुष’मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर शाहले चलचित्रमा समावेश उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनुपर्ने अडान लिएका छन् ।

उनले यी शब्द सच्याउनका लागि तीन दिनको समय दिइएको समेत घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’

बालेनको चेतावनीपछि नेपाल वितरकहरुले उक्त शब्द हटाउनका लागि तयार भएको बताएका छन् । तर नेपालमा मात्रै नभई भारतमा समेत उक्त शब्द हट्नुपर्ने अडानमा बालेन छन् ।

विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् ।

मेयर शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु