गृहपृष्ठ काक्रो खानुका फाइदा
काक्रो खानुका फाइदा
भूमिका बिष्ट/न्युजकाराेबार
अहिले गर्मी बढेको छ । गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोलाई प्राय सलादको रूपमा प्रयोग गरिन्छ । साथै, काक्रोमा नुन खुर्सानी राखेर खाने पनि गरिन्छ । काक्रोलाई मोलेर अचार बनाएर पनि खान सकिन्छ । यसरी काक्रोलाई सबैले आ–आफनै तरिकाले खाने गरेका हुन्छन् ।
काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । उच्च पानी पाइने काक्रो एक पौष्टिक फल हो । काक्रो खानाले रक्त शर्करा कम गर्न, कब्जियत रोक्न र वजन घटाउन मद्दत गर्नुका साथै काक्रो खानुका धेरै फाइदा रहेको पोषणविद् मिरा शाह बताउँछिन् ।
काक्रोमा क्यालोरी कम हुन्छ । यसमा पानी र घुलनशील फाइबरको राम्रो मात्रा हुन्छ । जसले तिनीहरूलाई हाइड्रेशन प्रवर्द्धन गर्न र तौल घटाउन मद्दत गर्दछ ।
काक्रोमा पाइने पौष्टिक तत्त्व के–के हुन् ?
क्यालोरी (३०० ग्राम)
प्रोटिन (२ ग्राम)
चिल्लो पदार्थ (० ग्राम)
फाइबर (२ ग्राम)
भिटामिन सी १४%
जम्मा आरडीआई भिटामिन के ६२%
म्याग्नेसियम १०%
र, पोटासियम १३%
काक्रो खानुका फाइदाहरु के हुन् ?
–काक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ ।
–काक्रोको सेवनले शरीरमा भएको कोलस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।
–काक्रोलाई राम्ररी चपाएर खाँदा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ ।
–दैनिक रूपमा काक्रोको सेवनले मुखमा रहेका ब्याक्टिेरिया नष्ट गरी मुखको गन्ध हटाउँछ ।
–काक्रोले कब्जियतको समस्याबाट मुक्त गराउँछ ।
–काक्रोको सेवनले अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।
–काक्रोमा फाइबर र प्रशस्त मात्रामा पानी पाइने भएका कारण यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ ।
–फ्रेस काक्रोको चानालाई आँखामा दैनिक आँधा घण्टा राख्दा आँखा चम्किलो हुन मद्दत गर्दछ ।
–काक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकन र मिनरल्स पाउने भएकाले शारीरिक विकासका लागि यसको महत्त्वपूर्ण भूमिका रहन्छ ।
–काक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ ।
–काक्रोको जुस बनाएर खादा मधुमेहका लागि निकै फाइदाजनक हुन्छ । ब्लडसुगर नियन्त्रण गर्नुका साथै शरीरमा तापक्रमको नियन्त्रण गर्छ ।
प्रकाशित समय : ०८:४४ बजे


















