nmb bank

गृहपृष्ठ नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तलाई थुनामा पठाउने कि छाड्ने ? आज आदेश आउँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तलाई थुनामा पठाउने कि छाड्ने ? आज आदेश आउँदै

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तलाई थुनामा पठाउने कि छाड्ने ? आज आदेश आउँदै

नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने निर्क्योल आज हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्नेछन् । न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस यसअघि नै सकिएको छ ।

त्यसैले आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्ने छन् ।

शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने हुने छैन । आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्नेछ ।

प्रकाशित समय : ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु