global ime bank Long Banner Ad

गृहपृष्ठ लिटमस इन्डस्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने उद्योग’ पुरस्कार

लिटमस इन्डस्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने उद्योग’ पुरस्कार

लिटमस इन्डस्ट्रिज लिमिटेडलाई ‘भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने उद्योग’ पुरस्कार

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघको २३औँ वार्षिक साधारणसभामा ‘भारततर्फ सबैभन्दा बढी निर्यात गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ।

उक्त सम्मान परिसंघका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई प्रदान गरिएको हो। कम्पनीले प्राप्त गरेको यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने जनाएको छ।

कम्पनीका अनुसार नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउने, निर्यातको दायरा विस्तार गर्ने तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने प्रयासलाई उक्त सम्मानले थप पुष्टि गरेको छ।

लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा चालक तार उत्पादक उद्योग हो। साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम मिश्रधातु रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।

गुणस्तर, नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डप्रतिको प्रतिबद्धतासहित कम्पनीले नेपालको औद्योगिक विकासलाई सशक्त बनाउँदै क्षेत्रीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीका उत्पादनहरूले देशभित्रका महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा आयोजनाहरूको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु