global ime bank Long Banner Ad

गृहपृष्ठ अत्याधिक गर्मीले मधेशको जनजीवन प्रभावित, सबैभन्दा बढी समस्यामा मजदुर

अत्याधिक गर्मीले मधेशको जनजीवन प्रभावित, सबैभन्दा बढी समस्यामा मजदुर

अत्याधिक गर्मीले मधेशको जनजीवन प्रभावित, सबैभन्दा बढी समस्यामा मजदुर

उखरमाउलो गर्मीले मधेशको जनजीवन प्रभावित बनेको छ । बजारमा मात्र होइन्, ग्रामिण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । सबभन्दा बढी समस्यामा मजदुरहरु परेका छन् ।

केहि दिनदेखि मधेशका जिल्लाहरुको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तापक्रम अत्यधिक बढेपछि तातो हावा ९लू० चल्छ ।

विहान १०-११ बजेपछि घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ । घरमा बस्दा विजुली आउनेर जाने समस्याले सर्वसधारण हैरान छन् ।

जनकपुरधाम बजार क्षेत्रका सडकहरु सुनसान छ । मानिसहरु घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सतु बेच्ने, ठेलामा आँप बेच्नेहरु घामबाट जोगिन छाता ओढेको देखिन्छन् ।

जनकपुरधामको रामानन्द चौकमा जुत्ता चप्पल मर्मत गर्ने रामानन्द महराले यतिधेरै गर्मीमा काम गर्न निक्कै कठिन भएको सुनाए ।

अन्दाजी ४० वर्षीय उनले भने, ‘काम नगरे पेट कसरी चल्छ ? गर्मीले टाउको दुस्ख्छ, चक्कर आउँछ । तर पनि काम गर्नुपर्छ ।’

३५ वर्षीया सकुन्तला मुसहर नाला निर्माण कार्यमा खटेकी छन् । उनी ज्यानको प्रवाह नगरी दिनभर चर्को घाममा काम गर्छिन् । उनले भनिन्, ‘घरको मजबुरीले यस्तो अबस्थामा पनि काम गर्छु ।’

वर्षा नभएकाले यो वर्ष खपिनसक्नु गर्मी भएको सर्वसधारण बताउँछन् ।

‘वर्षा नभएर ज्यानमारा गर्मी भएको छ’, किसानहरु भन्छ, ‘खेतमा धानको ब्याड ‘बिउ’ सुक्न थाल्यो । खै, कहिले बर्षा हुन्छ !’ यो वर्ष खडेरी पर्ने जस्तो लागिरहेको छ ।

प्रकाशित समय : १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु