global ime bank Long Banner Ad

गृहपृष्ठ एमडिएमएस लागु भएपनि मोबाइलको मूल्य बढ्दैन : मोबाइल व्यवसायी

एमडिएमएस लागु भएपनि मोबाइलको मूल्य बढ्दैन : मोबाइल व्यवसायी

एमडिएमएस लागु भएपनि मोबाइलको मूल्य बढ्दैन : मोबाइल व्यवसायी

मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएपछि मोबाइल फोनको मुल्य नबढ्ने बताएका छन ।

होटल याक एण्ड यतिमा आइतबार एमडिएमएसको बिषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन । व्यवसायीले उक्त कार्यक्रममा एमडिएमएस लागू भएपछि राज्यले बार्षिक चार अर्ब राजस्व संकलन गर्ने पनि बताएका छन् ।

सरकारले सतप्रतिशत अन्तःशुल्क र भ्याट रिफन्डको ब्यवस्था गर्न सकेमा नेपालमै मोबाईल फोनको उद्योग खोल्न सकिने र बिदेशमा भन्दा कम मुल्यमा नेपालमै मोबाईल फोन उपलब्ध गराउन सकिने पनि व्यवसायहिरुले बताएका छन् ।

यो सिस्टम कार्यान्वयनमा आएसँगै बजारमा मोबाइलको मूल्य बढ्छ भन्ने गलत हल्ला फैलिएको र यसको विश्वास नगर्न र कोबाइल किन्दा सजग रहन मोबाईल आयातकर्ता संघ नेपालका अध्यक्ष दिपक मल्होत्राले बताएका छन् ।

अवैध मनेबाइल आयातले जेन्युन मोबाइल व्यवसाय ३० प्रतिशतमा खुम्चिएको समेत बताए । अब भने अवैध मोबाइलको आयात घट्ने जानकारी दिए । त्यस्तै चोरि भएका फोन सजिलै खोज्न सकिने व्यवसायीले बताए । जेठ १ गतेपछि एमडिएमएसका कारण व्यवसाय तङग्रिन लागेको मल्होत्राले बताए ।

एमडिएमएस लागु भएपछि व्यवसायीले औँल्याएका फाइदाहरु :

१. सरकारले बार्षिक तिन देखि चार अर्ब रुपियाँ बराबर राजस्व संकलन गर्न सक्छ ।

२. चोरीका , रिफर्बिस अनि कम गुणस्तरका फोनहरु नभित्रने हुँदा उपभोक्ता ठगिनु पर्दैन ।

३. एमडिएमएस लागू हुँदा हरेक आइएमइआई प्रयोगकर्ताको विवरण नेपाल दुरसञ्चार प्राधिकरणसंग हुनेहुँदा नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने।

४. ब्यापार बढेपछि सरकारलाई कर तिरेर घर खेत बैंकमा राखी जोखिम मोलेर व्यवसाय गरिरहेका ब्यापारीहरु र यस ब्यावसायमा आश्रित लाखौ नेपालीहरू पनि सुरक्षित हुनेछन ।

५. सरकारले सतप्रतिशत अन्तःशुल्क र भ्याट रिफन्डको ब्यवस्था गर्न सकेमा नेपालमै मोबाईल फोनको उद्योग खोल्न सकिने र बिदेशमा भन्दा कम मुल्यमा नेपालमै मोबाईल फोन उपलब्ध गराउन सकिनेछ ।

प्रकाशित समय : १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु