global ime bank Long Banner Ad

गृहपृष्ठ साउनदेखि श्रमिकको न्यूनतम तलब साढे २२ हजार पुर्‍याइँदै

साउनदेखि श्रमिकको न्यूनतम तलब साढे २२ हजार पुर्‍याइँदै

साउनदेखि श्रमिकको न्यूनतम तलब साढे २२ हजार पुर्‍याइँदै

सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारीमा जुटेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरको दैनिकीसँग जोडेर जीविकोपार्जन गर्न सक्नेगरी न्यूनतम पारिश्रमिक वृद्धि गर्ने जनाएको छ ।

२०७८ साउनयता श्रमिकको पारिश्रमिक वृद्धि नगरिएका कारण आगामी आर्थिक बर्षमा सबै विषयमा अध्ययन गरी पारिश्रमिक वृद्धि गर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।

सरकार, रोजगारदाता र श्रमिक संगठनबीच सहमति भएपछि न्यूनतम पारिश्रमिक वृद्धिको सिफारिस मन्त्रीपरिषद्मा पठाउने तयारी भइरहेको रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन् ।

आगामी आर्थिक वर्ष सुरु हुँदै श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने भएकोले तलब वृद्धिलाई प्राथमिकतामा राखिएको उनले बताए । ‘औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दा उनीहरुलाई सुरक्षाको महसुस हुन्छ । सरकारले सबै क्षेत्रका श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिसँगै सामाजिक सुरक्षा कोषमा समेत अनिवार्य आवद्ध गराउने छ ।’ उनले भने, ‘विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग न्यूनतम पारिश्रमिक सिफारिस गर्ने हो । यो काम पनि चाँडै हुन्छ । सरकारले पारिश्रमिक बढाउने योजना बनाए पनि उद्योगी–व्यवसायीसँग छलफल गर्न बाँकी छ ।’

श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । हाल प्रतिष्ठानमा काम गर्ने श्रमिकको तलब मासिक १५ हजार रुपैयाँ छ । श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् ।

श्रम मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक प्रत्येक दुई वर्षमा श्रम ऐनको दफा १०७ बमोजिमको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा निर्धारण गर्ने व्यवस्था छ । तर, दुई वर्षयता न्यूनतम पारिश्रमिक निर्धारण गरेको छैन ।

निर्धारण भएको न्यूनतम पारिश्रमिक नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि लागु हुने ऐनमा व्यवस्था छ । समितिमा सर्वसम्मत भएर न्यूनतम पारिश्रमिक सिफारिस गर्न नसके मन्त्रालय आफैंले निर्धारण गर्न कानुनी व्यवस्था छ ।

श्रम मन्त्रालयले गरेको पछिल्लो अध्ययनमा पनि श्रमिकको न्यूनतम पारिश्रमिक २२ हजारको हाराहारीमा हुनुपर्ने उल्लेख छ । अहिले श्रमिकले पाएको न्यूनतम पारिश्रमिकले उनीहरुलाई गुजरा गर्ने समस्या भइरहेको विभिन्न राजनीतिक दलले आवाज उठाइरहेका छन् ।

विभिन्न टेड युनियनकर्मीले महँगीको अनुपातमा कम्तिमा मासिक ७ हजार पारिश्रमिक वृद्धि हुनुपर्ने माग गर्दै आएका छन् । सोहीअनुसार श्रम मन्त्रालयले श्रमिकको न्यूनतम पारिश्रमिक २१ देखि २२ हजारको बीचमा बृद्धि हुने जनाएको छ ।

यही न्यूनतम पारिश्रमिकबाट श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग–प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, कतिपय रोजगारदाता कम्पनीले श्रम ऐनअनुसार कामदारलाई सुविधा दिएका छैन ।

सरकारले विभिन्न क्षेत्रमा कार्यरत श्रमिकको परिवारिक, आर्थिक, स्वास्थ्य र शिक्षालाई मध्येनजर गदैँ न्यूनतम पारिश्रमिक बृद्धि गर्नु नेपाल टेड युनियन महासंघ (जिफन्ट)ले जनाउँदै आएको छ ।

सबै औद्योगिक क्षेत्र, सेवा क्षेत्र तथा चिया र कृषिमा न्यूनतम पारिश्रमिक निर्धारण गर्दा श्रमिकको परिवारको आधारभूत आवश्यकतामध्ये गर्नुपर्छ । अहिलेको अवस्थामा शिक्षा पनि ठुलो विषय हो । यो विषय पनि समेट्नुपर्छ भन्ने पक्षमा रहेको श्रम मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु