global ime bank Long Banner Ad

गृहपृष्ठ कलंकीको युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी वैदेशिक रोजगार विभागको छापा

कलंकीको युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी वैदेशिक रोजगार विभागको छापा

कलंकीको युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी वैदेशिक रोजगार विभागको छापा

वैदेशिक रोजगार विभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ ।

शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजालमार्फत वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापनहरु प्रकाशन गरेको भेटिएपछि छापा मारिएको कन्सल्टेन्सीले जानकारी दिएको छ । विभागले आफैले सामाजिक संजालमा उक्त कन्सल्टेन्सीले अवैध क्रियाकलाप गरेको भेटेको जानकारी दिएको छ ।

छापा मार्ने क्रममा उक्त कन्सल्टेन्सीबाट माल्टा, क्रोएसिया र रोमानिया रोजगारमा पठाउने विवरणहरु बरामद भएको छ ।

विभागका अनुसन्धान अधिकृत धर्मराज लम्साल नेतृत्वको टोलीले उक्त कन्सल्टेन्सीमा छापा मार्ने क्रममा तीन थान डिमाण्डको फाइल, तीन थान ल्यापटप र एक थान रकम लिएको उल्लेख गरिएको रसिदको प्याड बरामद गरि विभागमा अनुसन्धानको लागि ल्याएको छ । उक्त कन्सल्टेन्सीलाई पैसा बुझाएर वैदेशिक रोजगारमा जान प्रलोभनमा परेकाहरुले विभागमा आई उजुरी दिनसमेत पीडितहरुलाई आग्रह गरिएको छ ।

उनका अनुसार छापा मारिएको कन्सल्टेन्सीले कम्तिमा ५० हजारदेखि एक लाख अग्रिम अशुली गरेको प्रमाणसमेत फेला परेको जनाएका छन् ।

लम्सालले पछिल्लो समय वैदेशिक रोजगारको प्रलोभनमा विभिन्न अवैध कन्सल्टेन्सीको सक्रियता बढ्दै गएकोप्रति विभागको चासो बढेको बताएका छन् । कन्सल्टेन्सीहरुले टिकटक तथा फेसबुकको प्रयोग गरि अन्धाधुन्द अवैधानिक सूचना दिएको बिषयमा विभागले नियमित कारबाही गर्ने तयारी गरेको छ ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु