global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग, के छन् एजेन्डा

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग, के छन् एजेन्डा

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग, के छन् एजेन्डा

निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । मुलतः पाँच विषयमा छलफल केन्द्रीत हुने आयोगले जनाएको छ ।

छलफलका लागि प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बिहान साढे ११ बजे आयोगको कार्यालयमा आउन निमन्त्रणा गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आज हामी राजनीतिक दलहरूसँग पाँच एजेन्डामा छलफल गर्छौं’, प्रवक्ता पौडेलले भने। उनका अनुसार छलफलका ती पाँच विषय निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानुनको विधेयक विषय, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र दलको लेखा तथा लेखापरीक्षण सम्बन्धमा छलफल केन्द्रीत बन्नेछ ।

यही जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भाषणमा सबै जिल्ला निर्वाचन कार्यालय खारेज गरिने उल्लेख गरिएको छ। त्यतिबेलै प्रेस विज्ञप्ति जारी गरी उक्त निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भनेको निर्वाचन आयोगले आज यस विषयमा दलहरूसँग छलफल गर्न लागेको हो।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु