global ime bank Long Banner Ad

गृहपृष्ठ ‘ग्रेटर नेपाल’को बहसमा गगन–बालेनपछि अघि सरे हर्क साम्पाङ

‘ग्रेटर नेपाल’को बहसमा गगन–बालेनपछि अघि सरे हर्क साम्पाङ

‘ग्रेटर नेपाल’को बहसमा गगन–बालेनपछि अघि सरे हर्क साम्पाङ

‘अखण्ड भारत’को नक्साबारे बिहिबार नेपाली काँग्रेसका महामन्त्री गगन थापा बोले । गगनले ‘अखण्ड भारत’ झैं नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार राखे ।

त्यसको केही समयमै काठमाडौंका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमै ग्रेटर नेपालको नक्सै टाँसेको तस्बीर सार्वजनिक भयो । यो विषयले अहिले देशभर चर्चा पाएको छ । अधिकांशले बालेनको कदमलाई समर्थन जनाएका छन् ।

तर त्यहीदिन भारतले अखण्ड भारतबाट जवाफ दिँदै नेपालले कुरा बुझेको बताएको छ । यतिखेर नेपालमा

अखण्ड भारतकै जस्तो ‘ग्रेटर नेपाल’ नक्सा बनाएर राख्नुपर्छ भन्ने मत जब्बर बन्दैछ । टिष्टा काँगडासम्म सुगौली सन्धिपूर्व फैलिएको नेपाली सिमाना फिर्ता ल्याउनुपर्छ भन्ने यो मागको तार्किक जग जस्तोसुकै भए पनि आम मानिसमा भने लोकप्रिय बनिरहेको छ ।

यसअघि १८ जेठमा धरानका मेयर हर्क साम्पाङले पनि टिष्टा र काँगडासम्मको नक्सा बनाउनुपर्ने धारणा राखेका थिए । बिहिबार बालेनले कार्यकक्षमै नक्सा राखेपछि हर्कले पनि ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

अखण्ड भारतमा नेपालका केही भू–भाग समेटिएपछि त्यसको काउण्टर दिन नेपालमा पनि ग्रेटर नेपालको बहस छेडिएको छ । यसलाई टिट फर ट्यागका रुपमा बुझिएको छ ।

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु