गृहपृष्ठ पिम्पल किन आउँछ ? उपचार कसरी गर्ने ?
पिम्पल किन आउँछ ? उपचार कसरी गर्ने ?
छालामा उत्पन्न हुने समस्यामध्ये एक हो, पिम्पल । पिम्पलले मानिसको सुन्दरतामा कमी ल्याउनुका साथै छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । पिम्पल प्रायः किशोर उमेर समूहका धेरैमा आउने समस्या हो । तर यसमा उमेरको कुनै छेकबार हुँदैन । पिम्पल जुनसुकै उमेर समूहका व्यक्तिमा पनि आउन सक्छ ।
पिम्पल प्रारम्भिक किशोरावस्थामा सुरु हुन्छ र तेस्रो दशकमा गएर समाधान हुने हुन्छ । तर, कहिलेकाही यो पछिसम्म पनि हुनसक्छ ।
पिम्पल किन आउँछ ? यसको समाधानको बिषयमा छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराईसँग न्युजकारोबारकर्मी भूमिका बिष्टले गरेको कुराकानीको सम्पादित अंशः
पिम्पल किन र कसरी आउँछ ?
सेबम, केराटिन, ब्याक्टेरिया, हर्मोन र सूजनको सञ्चयको जटिल कारणले पिम्पल आउने गर्छ । सुरुमा हाम्रो शरीरको घाँटी र छातिमा भएको कपाल र पछाडीका भागहरुका साथै हातमा रहेको सेबेसियस ग्रन्थी भएको कपालको कूप मृत छालाका कोशिकाहरूद्वारा अवरुद्ध हुन्छ । त्यसपछि यो सेबेसियस ग्रन्थीद्वारा निस्कने सेबमसँग मिल्छ । सेबम उत्पादनमा वृद्धि किशोरावस्था पछि हुन्छ । सेबम उत्पादनमा वृद्धि यौवनपछि हुन्छ । मृत छाला कोशिकाहरुसँग मिसिएको सेबमको वृद्धिका कारण ‘क्यूटीबैक्टीरियम’ भनिने ब्याक्टेरियाको विकासका लागि अनुकूल वातावरण हुने गर्छ । यस ब्याक्टेरियाको वृद्धिका कारण, सूजन हुन्छ । र कूप फुट्ने र पिम्पलको गठन हुन्छ । वंशानुगत कारण पनि पिम्पल आउने गरेको छ ।
पिम्पलको उपचार के हो ?
पिम्पलका लागि कम्तिमा तीन महिनाको उपचार आवश्यक पर्छ । छालाको स्वच्छता महत्त्वपूर्ण छ । अनुहार दिनमा दुईपटक साबुनरहित क्लिन्जर वा फेस वासले धुनुपर्छ । पिम्पल टिप्ने र कोट्याउनु गर्नु हुँदैन । यसले यसले दागहरु बसाउँछ । पिग्मेन्टेशन पनि हुनसक्छ। जहिले पनि दिनमा दुईदेखि तीनपटक जेल आधारित सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
सेलिसिलिक एसिड, रेटिनल, एडापलेन र बेन्जिल पेरोक्साइड सहितको गिनतीमा आधारित औषधिहरू प्रयोग गर्न सकिन्छ । तर, यदि महिना प्रयोग गरेपछि पनि कुनै सुधार भएन भने उचित उपचारको लागि छाला विशेषज्ञसँग परामर्श लिनुपर्छ।
प्रकाशित समय : ०९:३५ बजे


















