गृहपृष्ठ सुनको मूल्य तोलामा ४,८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य तोलामा ४,८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४,८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला २५५ रुपैयाँले घटेर ४,६०० रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४,८५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित समय : १२:२३ बजे


















