गृहपृष्ठ कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिएसँगै बहमुतले पारित भएको हो ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा प्रतिपक्षी दल नेकपा ९एमाले०बाट प्रदेशसभा सदस्यत्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गरेको संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राखेका थिए। नीति तथा कार्यक्रम पारित भएसँगै सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराए।

प्रकाशित समय : २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु