गृहपृष्ठ ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु
‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आज बाट ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु गरेको छ । जेनजी आन्दोलनका सहिद, कलाकार विनोद महर्जन तथा आन्दोलनका घाइते फोटोग्राफर दीपेन्द्र ढुङ्गनाको जीवन समेटिएका तस्बिर प्रदर्शनीमा राखिएका छन् ।
चन्द्रमानसिंह मास्के ग्यालरीमा गरिएको प्रदर्शनी भदौ २८ गतेसम्म रहनेछ । दिवङ्गतसहित कलाकार महर्जन मूर्तिकला, काष्ठकला, धातुकला, चित्रकला तथा परम्परागत कलामा दक्ष थिए । उनले विसं २०७० देखि धातुको मूर्तिको मुहार चित्रण तथा ‘फिनिसिङ’ गर्ने कलाकारका रूपमा काम गरेका थिए।
सुन तथा चाँदीको इलेक्ट्रोप्लेटिङमा महर्जन दक्ष थिए । उनका सीपमा काठका मूर्ति तथा नकासी गर्ने, एक्रिलिक तथा क्यानभासमा चित्र बनाउनेलगायत काम पर्दछन् ।
प्रकाशित समय : १३:२९ बजे


















