nmb bank

गृहपृष्ठ २१ तस्विरमा हेर्नुहोस् विश्व वातावरण दिवस

२१ तस्विरमा हेर्नुहोस् विश्व वातावरण दिवस

२१ तस्विरमा हेर्नुहोस् विश्व वातावरण दिवस विश्व वातावरण दिवसको अवसरमा नेपाल र भारतका पत्रकारहरु नेपालभारत सीमा नाका चिवा भन्जयामा वृक्षरोपण गर्दै । उक्त कार्यक्रममा नेपालबाट १३ र भारतबाट १० जना पत्रकार सहभागी भएका थिए ।

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना

 

पोखराको फेवा फाँटमा किसानले रोपाइँ गरेको र रोपाइँ गर्न तयार

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवसका अवसरमा सोमबार प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठी उदघाटन गर्दै । 

 

विश्व वातावरण दिवसका अवरसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले विद्यार्थीलाइ वितरण गरेको बिरुवा ।

 

 

 

 

 

 

 

 

 

विश्व वातावरण दिवसको अवसरमा नेपाल र भारतका पत्रकारहरु नेपालभारत सीमा नाका चिवा भन्जयामा वृक्षरोपण गर्दै । उक्त कार्यक्रममा नेपालबाट १३ र भारतबाट १० जना पत्रकार सहभागी भएका थिए ।
भरतपुर महानगरपालिका–२७ बुद्धनगर (मेघौली)मा गरिएको तरकारी खेती र मकैबाली ।

विश्व वातावरण दिवसको अवसरमा नेपाल र भारतका पत्रकारहरु नेपाल-भारत सीमा नाका चिवा भन्जयामा वृक्षरोपण गर्दै ।
एक्सन एडद्वारा काठमाडौँमा आज आयोजना गरिएको जलवायु न्याय अभियान शुभारम्भ सभामा जलवायु परिवर्तनबारे सामूहिक छलफल गर्दै सहभागीहरु ।
विश्व वातावरण दिवसका अवसरमा बेनीस्थित लिटल गार्डेन एकेडेमीद्वारा सोमबार बेनी नगरपालिकाका सरसफाइकर्मीलाई सम्मान गरिँदै ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु