global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने

संग्रिला डेभलपमेन्ट बैंकले साइकल र्यालीको आयोजना गर्ने भएको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको हो ।

बैंकका अनुसार साइकल र्याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंककै बालुवाटार स्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट शुरु गरी १० किमीको यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ ।

र्यालीबाट बैंकले साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुग्ने विश्वास राखेको जनाएको छ ।

यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ भने सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’ बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु