गृहपृष्ठ घुस लिदै गर्दा पक्राउ परेका इन्जिनियर अजय विरुद्ध मुद्दा दर्ता
घुस लिदै गर्दा पक्राउ परेका इन्जिनियर अजय विरुद्ध मुद्दा दर्ता
सुनसरीका बर्जु गाउँपालिकाका इन्जिनियर अजय कुमार मेहता विरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले २० हजार बिगो दावी सहित आरोप पत्र दायर गरेको हो ।
मेहताले घर जग्गा नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिदाँ लिदै आयोगको इटहरीबाट खटिएका टोलीले रंगेहात पक्राउ गरेका थिए ।
मेतेताले घुस लिइसकेको अवस्थामा रकमसहित विराटनगर महानगरपालिका– ५, पुल्चोक छेउबाट चैत २७ गते पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जनकारी दिएका छन् ।
प्रकाशित समय : १७:३३ बजे