global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने बताएका हुन् ।

शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे ।

‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन। कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन,’ उनले भने, ‘यसले कुनै डेस्टिनेशननै तोकेन। कुनै बाटो नै देखाएन। जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन। कहाँ पुग्ने भन्ने कुरै छैन यसमा। यस वर्ष कहाँ पुग्ने?’

सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।

प्रकाशित समय : ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु