काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारलाई २ खर्ब ६९ अर्ब ऋणको सीमा

9.62K
shares

सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा २ खर्ब ६९ अर्ब रुपैयाँसम्म आन्तरिक ऋणको लक्ष्य राख्न सक्ने सीमा पाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋणबारे यस्तो सिफारिस गरेको हो ।

आयोगका अनुसार केन्द्र सरकारले तीन वटै तहका सरकारबाट उठाउन सक्ने कुल आन्तरिक ऋणको अनुमानित सीमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतसम्म रहेको छ । यो रकम राष्ट्रिय तथ्यांक कार्यालयले चालु आव २०७९/८० मा गरेको कुल गार्हस्थ उत्पादनको अनुमान रकम ५३ खर्ब ८१ अर्ब रुपैयाँको ५ प्रतिशतले हुन आउने २ खर्ब ६९ अर्ब रुपैयाँ हो ।

राष्ट्रिय लेखा तथ्यांकका अनुसार नेपालको अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा २.१६ प्रतिशतको वार्षिक वृद्धिदरमा आधारित हो ।