काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्रीले भने, ‘गम्भीर मानवअधिकार उल्लंघनका मुद्दामा आममाफी हुँदैन’

5.73K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनको मुद्दामा आममाफी नहुने बताएका छन् । काठमाडौंस्थित कूटनीतिज्ञहरूलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै हुने बताए ।

‘विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशन र यससम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताका साथै पीडितहरूको चासो हाम्रा प्रयासहरूलाई अन्त्यतर्फ लैजाने छ । सफल शान्ति प्रक्रियामा आएका छौं । म हाम्रो साझेदारलाई आश्वस्त बनाउन चाहन्छु कि नेपालले उचित मापदण्डमा रहेर उत्तिकै फरक रुपमा संक्रमणकालीन न्याय प्रक्रिया पनि टुंग्याउनेछ ।’, प्रधानमन्त्रीले भने, ‘म कसैलाई गम्भीर मानव अधिकार उल्लंघनको घटनामा आम माफी हुने छैन भने आश्वस्त पार्न चाहन्छु ।’

पुस १० गते प्रधानमन्त्री भएपछि पहिलोपटक नेपालस्थित कूटनीतिक नियोग‚ संयुक्त राष्ट्रसंघका एजेन्सी र विकास साझेदारका प्रमुखहरूलाई बोलाएर आयोजना गरिएको कार्यक्रममा प्रचण्डले प्रमुख राजनीतिक दलहरूबीच सहमतिको आधारमा जबरजस्ती बेपत्ता पारिएका व्यक्ति छानबिन र सत्य तथा मेलमिलाप आयोगसम्बन्धी कानुन संसद्‌मा टेबल गरिएको बताए ।

उक्त भेलामा भारतका राजदूत नवीन श्रीवास्तव‚ अमेरिकाका राजदूत डिन आर. थम्पसन र चिनियाँ राजदूत छन सोङ्‌सहित अन्य मुलुकका राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए ।