गृहपृष्ठ ‘ऋणको जमानी बस्दा सचेत बनौं’

‘ऋणको जमानी बस्दा सचेत बनौं’

‘ऋणको जमानी बस्दा सचेत बनौं’

वास्तविक ऋणीले कर्जा भुक्तानी गर्न नसकेको अवस्थामा बैंकले जमानीकर्ताले दिएको धितोबाट पनि ऋण असुलीउपर गर्ने भएकाले जमानी बस्दा सबै पक्ष विचार गरेर मात्र निर्णय गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।

राष्ट्र बैंक ऐन, २०५८ अनुसार कर्जा ‘चुक्ता गर्न जारी गरेको जमानी’ समेतलाई कर्जाको परिभाषामा समेटेकाले यदि कसैले जमानी दिएको छ भने कर्जा लिएको हैन (जमानी मात्र दिएको हो) भनेर कर्जाको दायित्वबाट मुक्त हुन नसक्ने उल्लेख छ । ‘कुनै कर्जाको लागि जमानी दिँदा सजग भई कर्जा रकम, प्रयोजन, जोखिम, प्रमुख धितोहरू, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जा सम्बन्धी सर्त एवम् जमानीसम्बन्धी कानुनी व्यवस्था र भविष्यमा आइपर्नसक्ने आफ्नो दायित्व प्रष्ट बुझेर मात्र जमानी दिनुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई स्पष्ट गरी कर्जा असुलीमा एकरूपता ल्याउने उद्देश्यले जमानी दिनेको दायित्व जमानी दिँदाका बखत जमानीपत्रमा उल्लेख गरेको रकमको हदसम्म मात्र हुनेछ । यसकारण कर्जा असुली गर्दा सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा मात्र जमानीकर्ताले दिएको धितोबाट असुलउपर गर्न सकिने व्यवस्था छ । यो व्यवस्था सम्मानित सर्वोच्च अदालतको आदेशमासमेत आधारित रहेको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

‘यसर्थ, कुनै कर्जाको लागि जमानी दिँदा सजग भई कर्जा रकम, प्रयोजन, जोखिम, प्रमुख धितोहरू, ऋणीसँगको सम्बन्ध र विश्वसनीयता, कर्जासम्बन्धी सर्त एवम् जमानीसम्बन्धी कानुनी व्यवस्था र भविष्यमा आइपर्नसक्ने आफ्नो दायित्व प्रष्ट बुझेर मात्र जमानी दिनुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित समय : ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु